‘सर्वोत्कृष्ट गायिका अवार्ड-२०२४’ पूर्णिमालाई 

नेपालभ्युज

‘सर्वोत्कृष्ट गायिका अवार्ड-२०२४’ पूर्णिमालाई 

काठमाडौं । गायिका पूर्णिमा लामा ‘सर्वोत्कृष्ट गायिका अवार्ड-२०२४’ बाट सम्मानित भएकी छन् ।

‘जीवनको यो आफ्नै नाटक’ गीतबाट उनले यो अवार्ड हात पारेकी हुन् ।

सुकेधारास्थित नवदुर्गा पार्टी भेन्यूमा आयोजित विश्व संस्कृति तामाङ तथा नेपाली म्युजिक अवार्ड-२०२४ समारोहका बीच पूर्णिमा उक्त अवार्डबाट सम्मानित भएकी हुन् ।

नेपाली गीत-सङ्गीत क्षेत्रमा पुर्‍याएको योग्दानको उच्च मूल्याङ्कन गर्दै पूर्णिमालाई उक्त अवार्डबाट सम्मानित गरिएको आयोजकले जनाएको छ ।

डेढ दशकदेखि गायनमा निरन्तर सक्रिय पूर्णिमाका ‘हिजोसम्म मलाई माया’, ‘डाँडापारि मेरो माया’, ‘आमा’, ‘भाग्यले नि छल्छ’लगायत सयौं गीत सार्वजनिक भएका छन् ।

अवार्ड ग्रहण गर्दै पूर्णिमा, हस्तान्तरण गर्दै कांग्रेस नेता अजयबाबु शिवाकोटीलगायत ।

Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved