४३ उपसचिवको सरुवा तथा पदस्थापन (सूचीसहित)

नेपालभ्युज

४३ उपसचिवको सरुवा तथा पदस्थापन (सूचीसहित)

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ४३ जना उपसचिवको सरुवा तथा पदस्थापन गरेको छ ।  ५ जना उपसचिवलाई विभिन्न स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिइएको छ ।

मन्त्रालयको अतिरिक्त समूहमा रहेका भविश्वर घिमिरेलाई प्यूठानको स्वर्गद्वारी नगरपालिका, चेतराज बराललाई स्याङजाको चापाकोट नगरपालिका, मनिता श्रेष्ठलाई सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका, छविलाल नेपालीलाई अछामको कमलबजार नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिइएको छ ।

यसैगरी  राष्ट्रिय योजना आयोगमा कार्यरत उपसचिव गंगाधर पौडेललाई बागलुङको गलकोट नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिइएको मन्त्रालयले जनाएको छ  ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved