सलीम खानलाई ज्यान मार्ने धम्की

नेपालभ्युज

सलीम खानलाई ज्यान मार्ने धम्की

काठमाडौं । बलिउड अभिनेता सलमान खानका बुवा तथा लेखक सलिम खानलाई ज्यान मार्ने धम्की आएको छ । घटना सेप्टेम्बर १८ को हो ।

भारतीय सञ्चारमाध्यमकाअनुसार सलिम बान्द्रा ब्यान्डस्ट्यान्डमा बिहानको पैदल यात्रापछि बेन्चमा बसिरहेका थिए । सोही समयमा मा एक स्कुटर पुरुष र महिला आए ।

सलिमको अगाडि आएर त्यो स्कुटर रोकियो । त्यसपछि बुर्का लगाएकी महिलाले सलीमलाई धम्की दिँदै भनिन्, ‘होसियार रहनू, नत्र लरेन्सलाई भन्दिन्छु ।’

स्कूटी नम्बर ७४४४ थियो । बान्द्रा प्रहरीले मुद्दा दर्ता गरी स्कुटीसहित महिला र पुरुषलाई नियन्त्रणमा लिएको छ । दुवैलाई सोधपुछ भइरहेको छ ।

लरेन्स बिश्नोईको समूहबाट सलमानको परिवारलाई बारबार धम्की आइरहेको छ ।

१४ अप्रिलको बिहान सलमानको मुम्बईस्थित घर ग्यालेक्सी अपार्टमेन्टमा गोलीबारी भएको थियो। गोली चलाउनेहरु मोटरसाइकलमा आएका थिए ।

उनीहरुले सलमानको घरबाहिर ५ राउण्ड गोली हानेर भागेका थिए । दुई दिनपछि मुम्बई प्रहरीले आरोपीलाई गुजरातबाट पक्राउ गरेको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved