३६ उपसचिवको सरुवा, को कहाँ (सूचीसहित)

नेपालभ्युज

३६ उपसचिवको सरुवा, को कहाँ (सूचीसहित)

काठमाडौं । गृह मन्त्रालयले बुधबार ३६ जना उपसचिवको सरुवा गरेको छ । ३६ उपसचिवको पदस्थापन तथा सरुवा गर्दा १२ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) र केही जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी फेरिएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले रामेछापमा राजुप्रसाद पौडेल, डोल्पामा रोमबहादुर महत, बझाङमा ओमप्रसाद भट्टराई, बाजुरामा मेघनाथ पाध्या, मनाङमा मात्रिका आचार्य र मुगुमा कमल प्रसाद पाण्डेलाई प्रमुख जिल्ला अधिकारीका रुपमा पठाएको छ ।

मन्त्रालयका अनुसार  रुकुम पूर्वमा रुद्रप्रसाद न्यौपाने, दैलेखमा नवराज जैसी, हुम्लामा नारायण पाण्डेय, मुस्ताङमा विष्णुप्रसाद भुसाल, रसुवामा अर्जुन पौडेल, जुम्लामा रामबहादुर शाही प्रमुख जिल्ला अधिकारी बनेका छन् ।

यस्तै मन्त्रालयले १२ जना सहायक प्रमुख जिल्ला अधिकारीको पनि सरुवा गरेको छ ।  मोरङमा विनोदकुमार पोखरेल, सुर्खेतमा टोपेन्द्रबहादुर केसी, गोरखामा सुवासकुमार लामिछाने, ओखलढुंगामा वेदनिधि खनाल, बाँकेमा खडानन्द खत्री सहायक प्रमुख जिल्ला अधिकारी बनेका छन् ।

त्यस्तै तनहुँमा जीतबहादुर भण्डारी, अर्घाखाँचीमा लालबहादुर गुरुङ, पर्सामा सुमनकुमार कार्की, जाजरकोटमा बन्दना केसी, मकवानपुरमा धोलकराज ढकाल, सुनसरीमा लोकमान श्रेष्ठ र सल्यानमा ज्ञाननाथ ढकाल सहायक प्रमुख जिल्ला अधिकारीका रुपमा सरुवा भएको मन्त्रालयले जनाएको छ ।

हेर्नुहोस् सरुवाको सूची-


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved