नेपाली र अमेरिकी सेनाबीचको सैन्य अभ्यास ‘प्यासिफिक एन्जल’ सुरु हुँदै

नेपालभ्युज

नेपाली र अमेरिकी सेनाबीचको सैन्य अभ्यास ‘प्यासिफिक एन्जल’ सुरु हुँदै

काठमाडौं । नेपाली र अमेरिकी सेनाबीच आजदेखि संयुक्त सैन्य अभ्यास सुरु हुने भएको छ । यो अभ्यासलाई ‘प्यासिफिक एन्जल’ नाम दिइएको छ ।

विपद् व्यवस्थापन तथा मानवीय सहयोगको क्षेत्रमा अनुभव आदानप्रदान गर्ने उद्देश्यले ३० भदौदेखि २ असोजसम्म संयुक्त अभ्यास हुन लागेको नेपाली सेनाका प्रवक्ता गौरवकुमार केसीले बताए ।

अभ्यासका क्रममा विभिन्न प्रकारका विपद्को दौरान सञ्चालन गरिने खोज तथा उद्दार कार्यलाई थप प्रभावकारी बनाउन अपनाउनु पर्ने विद्यमान विधि तथा प्रक्रियाहरुबारे ज्ञान आदनप्रदान हुनेछ ।

काठमाडौं, मकवानपुर र धादिङ जिल्लामा त्यससम्बन्धी अभ्यासहरु सञ्चालन हुने नेपाली सेनाले जनाएको छ । सन् २०१२ देखि सुरु भएको अभ्यासको यो चौथो संस्करण हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved