काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का उपमहासचिव एवम् सांसद मेटमणि चौधरीले आफ्नो अभिव्यक्तिको गलत अर्थ लगाइएको बताएका छन् ।
एक टेलिभिजनमा अन्तर्वार्तामा कालापानी-लिपुलेक भारतको हो भनेको विषयमा स्पष्टीकरण दिँदै चौधरीले यस्तो बताएका हुन् ।
उनले गलत महाकाली सन्धिको कारणले नै भारतले नेपालको लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रमा दाबी गरिरहेको र महाकाली सन्धि नै सच्चाउनु पर्ने विषयलाई इंगित गरेको दाबी गरेका छन् ।
तर, केही सेकेण्डको अंशलाई लिएर सामाजिक सञ्जालमा दुष्प्रचार गर्न खोजिएको उनको भनाइ छ ।
उनले भने, ‘म मुलुकको अखण्डता, सार्वभौमसत्ता र स्वतन्त्रताप्रति प्रतिबद्ध रहने कुरामा कुनै आशंका नगर्न आग्रह गर्दछु । र, उक्त भूभाग हाम्रो पार्टीको समेत दाबीका आधारमा संविधानको अंग बनाइएको कुरामा म सदैव सचेत थिए, छु र रहने छु ।’


Facebook Comment
Comment