मेटमणिलाई एकीकृत समाजवादीले सोध्यो स्पष्टीकरण : कालापानी-लिपुलेक कसरी भारतको ?

नेपालभ्युज

मेटमणिलाई एकीकृत समाजवादीले सोध्यो स्पष्टीकरण : कालापानी-लिपुलेक कसरी भारतको ?

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले पार्टीका उपमहासचिव एवम् सांसद मेटमणि चौधरीलाई स्पष्टीकरण सोधेको छ ।

यसअघि प्राइम टेलिभिजनमा अन्तर्वार्ता दिने क्रममा चौधरीले कालापानी-लिपुलेक भारतको हो भनेका थिए । त्यही विषयलाई लिएर पार्टीले उनलाई तीनदिने स्पष्टीकरण सोधेको हो ।

पार्टीका महासचिव घनश्याम भुसालद्वारा हस्ताक्षरित स्पष्टीकरणपत्रमा भनिएको छ, “अनेकौं तथ्यहरूले उक्त भूभाग नेपालको हो भन्ने कुरा स्पष्ट पारेका छन् । हाम्रो पार्टीको समेत दाबीका आधारमा उक्त भूभाग संविधानको अङ्ग बनाइएको कुरा सर्वविदितै नै छ । त्यसविपरीत मुलुकको अखण्डता र सार्वभौसमसत्ताका विरुद्ध तपाईंले किन बोल्नु भएको हो ?”


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved