ऋषि पञ्चमी : सप्त ऋषिहरूको पूजा आराधना गरी मनाइँदै (तस्वीरहरु)

ऋषि पञ्चमी : सप्त ऋषिहरूको पूजा आराधना गरी मनाइँदै (तस्वीरहरु)

काठमाडौं। हिन्दु धर्मावलम्बी महिलाहरूले आज ऋषि पञ्चमी व्रत मनाउँदै छन्। भाद्र शुक्ल पञ्चमीका दिन मनाइने यो पर्व विशेष गरी सप्त ऋषिहरूको पूजा आराधना गरी मनाइन्छ।

आज महिलाहरूले बिहानै उठेर नित्य कर्म गरी नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई तीन सय ६५ वटा दतिवनले दाँत माझ्ने, गाईको गोबर, माटो एवं खरानी लगाई स्नान गर्दछन्।

यस दिन अरुन्धतीसहित सप्त ऋषिहरू कश्यप, अत्रि, भारद्वाज, वशिष्ठ, विश्वामित्र, जमदग्नि र गौतमको पूजा गरिन्छ।

ऋषि पञ्चमीको धार्मिक, पौराणिक, र सांस्कृतिक महत्त्व रहेको छ। यो व्रतले शरीर र मनको शुद्धीकरण गर्दै धर्म, आस्था, र आध्यात्मिक उन्नतिमा सहयोग पुर्‍याउने विश्वास गरिन्छ।

आज स्नान गरेर पूजाआजा गरेपछि नरोपी उम्रेका अन्न सामा, कागुनो, कन्दमूल र कर्कला आदि खाई एक छाक हविष्य बस्नुपर्ने व्रत विधि छ।

तस्वीरहरु:-


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved