किशोरीलाई जबर्जस्ती यौनजन्य कार्यमा लगाएको आरोपमा रेष्टुरेन्ट सञ्चालक पक्राउ

नेपालभ्युज

किशोरीलाई जबर्जस्ती यौनजन्य कार्यमा लगाएको आरोपमा रेष्टुरेन्ट सञ्चालक पक्राउ

काठमाडौं । किशोरीहरूलाई जबर्जस्ती यौनजन्य कार्यमा लगाएको आरोपमा रेष्टुरेन्टका सञ्चालकहरू पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा ३३ वर्षीय राजीव लामा र २५ वर्षीया शर्मिला कटुवाल छन् । उनीहरूले ललितपुरको सातदोबाटोस्थित न्यू नमस्ते रेष्टुरेन्ट सञ्चालन गर्दै आएका थिए ।

उनीहरूले ग्राहकसँग पैसा लिएर किशोरीहरूलाई यौनजन्य कार्यमा लगाउने गरेको पाइएको प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोले जनाएको छ ।

उनीहरूले ग्राहकबाट एक हजारदेखि ५ हजार रूपैयाँसम्म लिएर किशोरीहरूलाई ५०० रूपैयाँ दिने गरेका थिए । ब्यूरोले रेष्टुरेन्टबाट प्रयोग भइसकेका र प्रयोग नभएका कन्डमहरू पनि बरामद गरेको छ ।

अहिले किशोरीहरूलाई सुरक्षित स्थानमा राखिएको छ भने पक्राउ परेकामाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved