आलुको अचार बनाउने छिटो र सजिलो तरिका

नेपालभ्युज

आलुको अचार बनाउने छिटो र सजिलो तरिका

काठमाडौं । आलुको अचार प्रायः सबैलाई मन पर्छ । तर, यसलाई बनाउने विधि भने सबैलाई नआउन पनि सक्छ । आलुको अचारसँग साधारण रोटी पनि अत्यन्त स्वादिष्ट लाग्छ ।

आज हामी आलुको अचार बनाउने सजिलो तरिकाबारे जान्नेछौँ ।

आवश्यक सामग्रीहरू-
आलु – ५०० ग्राम
प्याज – १ ठूलो, सानो टुक्रामा काटिएको
हरियो खुर्सानी – २/३, सानो टुक्रामा काटिएको
अदुवा – सानो टुक्रा
कागतीको रस – २ ठूला चम्चा
हिंग – एक चिम्टी
जिरा – १ चम्चा
रातो खुर्सानी पाउडर – १/२ चम्चा (स्वादअनुसार)
बेसार पाउडर – १/४ चम्चा
धनियाँ पाउडर – १ चम्चा
गरम मसला – १/२ चम्चा
नुन – स्वादअनुसार
तोरीको तेल – ३/४ ठूला चम्चा

बनाउने विधि:

सबैभन्दा पहिले एक प्यानमा तोरीको तेल तताउनुहोस् । त्यसपछि यसमा हिंग, जिरा फुराउनुहोस् । यसमा काटेको प्याज र हरियो खुर्सानी हाल्नुहोस् । सबै चीजहरू तब सम्म भुट्नुहोस् जब सम्म गोल्डेन, ब्राउन हुँदैनन् ।

अब यसमा अदुवा, रातो खुर्सानी पाउडर, बेसार पाउडर, धनियाँ पाउडर र गरम मसला हालेर राम्रोसँग मिलाउनुहोस् । त्यसपछि उसिनेको आलुको बोक्रा निकालेर प्यानमा हाल्नुहोस् र सबै सामग्रीलाई राम्रोसँग मिलाउनुहोस् ।

त्यसपछि यसमा स्वाद अनुसार नुन र कागतीको रस हालेर राम्रोसँग मिलाउनुहोस् । अब यसलाई मध्यम हिटमा २–३ मिनेटसम्म भुट्नुहोस् । त्यसपछि ग्यास बन्द गर्नुहोस् र अचारलाई चिसो हुन दिनुहोस् ।

जब यो चिसो हुन्छ, यसलाई तपाईं खाना वा रोटीसँग खान सक्नुहुन्छ । बचेको अचारलाई कुनै हावा नछिर्ने भाडामा भरेर फ्रिजमा स्टोर गरेर राख्न पनि सक्नुहुन्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved