पारा तेक्वान्दो खेलाडी पलेशा गोवर्धनको भव्य स्वागत (तस्वीरहरू)

पारा तेक्वान्दो खेलाडी पलेशा गोवर्धनको भव्य स्वागत (तस्वीरहरू)

काठमाडौं । नेपाली खेलकुद इतिहासमा पहिलो पटक ओलम्पिकमा पदक प्राप्त गर्न सफल पारा तेक्वान्दो खेलाडी पलेशा गोवर्धन आज नेपाल फर्किएकी छिन्।

यसअघि सन् २०२४ मा उनी एसिया छनोटमा स्वर्ण पदक जित्दै पेरिस प्यारालिम्पिक्समा छनोट भएकी थिइन्।

पलेशाले के ४४ क्याटेगोरी अन्तर्गत महिला ५७ केजी मुनि सर्वियाकी मारिया मिसेभलाई १५-८ ले पराजित गर्दै कास्य पदक जितेकी हुन्।

पलेशालाई आज स्वागत स्वरूप एयरपोर्ट, गौशाला, पुरानो बानेश्वर, मैतीदेवी, डिल्लीबजार, बागबजार, भद्रकाली, सहिद गेट, त्रिपुरेश्वर चोक हुँदै  नगर परिक्रमा सहित राष्ट्रिय खेलकुद परिषद्‌को प्राङ्गणमा स्वागत कार्यक्रम आयोजना गरिएको छ।

तस्वीरहरु:- 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved