शीतल निवासमा प्रथम महिलाको तीज दर कार्यक्रम, पूर्वराष्ट्रपति भण्डारी पनि सहभागी

नेपालभ्युज

शीतल निवासमा प्रथम महिलाको तीज दर कार्यक्रम, पूर्वराष्ट्रपति भण्डारी पनि सहभागी

काठमाडौं । राष्ट्रपति भवन शीतल निवासमा तीज दर कार्यक्रम आयोजना गरिएको छ ।

प्रथम महिला सविता पौडेलले मंगलबार आयोजना गरेको हरितालिका तीजको शुभकामना आदानप्रदान कार्यक्रममा दर पनि खुवाइएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति रामचन्द्र पौडेल महिलाहरूका लागि गरिने व्यवहारमा परिवर्तन हुनुपर्छ भन्ने सोच पनि विस्तारै विकास हुँदै गएको बताए ।

संविधान र कानुनले महिलाहरूलाई प्रदान गरेका हक अधिकारको वास्तविक कार्यान्वयन जरुरी भएको पौडेल बताउँछन् ।

उनले भने, ‘आज समाजमा धेरै परिवर्तन आइसकेको छ । महिलाहरूको अवस्थता अब यस्तो छैन् भन्ने मलाई लाग्दछ । नेपालको संविधान, ऐन कानुनमा महिला अधिकारको धेरै व्यवस्था भइसकेको छ । ’

उनले विभिन्न संस्कृति तथा चाडपर्वले देशको मौलिकता कायम गर्ने हुनाले यसको संरक्षण सम्वर्द्धन र निरन्तरतामा लागिरहनुपर्ने पनि उल्लेख गरे ।

कार्यक्रममा पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी, महिला मन्त्रीहरू, महिला सांसदहरु, विभिन्न ओहोदामा रहेका उच्च पदस्थ महिला अधिकारीहरूको उपस्थिति रहेको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved