काठमाडौं । वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी पाएपछि गण्डकी प्रदेशसभा सदस्य राजीव गुरुङ ऊर्फ दीपक मनाङे रिसाएका छन् ।
सोमबार नेकपा एमाले र नेपाली कांग्रेसबीच मन्त्रालय भागबन्डामा सहमति हुँदा मनाङेको मन्त्रालय फेरिएको थियो ।
मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उनलाई यसअघि भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्रालयको जिम्मेवारी दिएका थिए ।
सोमबार दिउँसो नवनियुक्त चार मन्त्रीको शपथग्रहण समारोहमै उनी रिसाएका हुन् । समारोहबाट उनी कसैसँग नबोली निस्किएका थिए ।
उनले त्यसक्रममा ‘लिन्न यस्तो मन्त्रालय, जुनियरले लिने मन्त्रालय हो’ भनेका थिए । उनी पदभार ग्रहण गर्न गएका छैनन् ।
Facebook Comment
Comment