गौरा पर्वमा टुँडिखेलको कार्यक्रममा नाराबाजी गर्दा पक्राउ पर्नेहरु रिहा

नेपालभ्युज

गौरा पर्वमा  टुँडिखेलको कार्यक्रममा नाराबाजी गर्दा पक्राउ पर्नेहरु रिहा

काठमाडौं । गौरा पर्वको अवसरमा काठमाडौंको टुँडिखेलमा आयोजित कार्यक्रममा नाराबाजी गर्दा पक्राउ परेकाहरूलाई रिहा गरिएको छ ।

गौरा पर्वको अवसरमा भदौ १० गते काठमाडौंको टुँडिखेलमा आयोजित  कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा  सहभागी थिए ।

गौरा खेल्न पुगेका युवाहरूले प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाविरुद्ध नाराजुलुस गरेपछि पक्राउ परेका उनीहरु शुक्रबार रिहा भएका हुन् ।

रिहा हुनेमा कन्चनपुरका दीपक सिंह ठगुन्ना, सुर्खेतका गोपीराज जैसी र अछामका रामबहादुर बुढा रहेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved