अतिक्रमण रोक्न नगर प्रहरीले गरेको कामको अन्तराष्ट्रिय क्षेत्रबाटै प्रशंसा भयो : बालेन

नेपालभ्युज

अतिक्रमण रोक्न नगर प्रहरीले गरेको कामको अन्तराष्ट्रिय क्षेत्रबाटै प्रशंसा भयो : बालेन

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले सडक अतिक्रमण रोक्न महानगर प्रहरीले गरेका कामको अन्तराष्ट्रिय क्षेत्रबाटै प्रशंसा भएको बताएका छन् ।

३२औं महानगर प्रहरी दिवसका अवसरमा काठमाडौं महानगरले शुक्रबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा शाहले सडक अतिक्रमणलाई रोक्दै फुटपाथ व्यवस्थापनमा महानगर प्रहरीले गरेको कामको विभिन्न देशका नगरले प्रशंसा गरेको बताएका हुन् ।

दक्षिण एसियामा नै निकै समस्याको रुपमा रहेका सडक व्यवस्थापनको कामलाई व्यवस्थित गर्न निकै समस्या र चुनौती देखापरेको उनले बताए ।

स्वास्थ्य क्षेत्रको नियमनदेखि दैनिक उपभोग्य बस्तुको कालाबजारी रोक्न महानगर प्रहरीले गरेका कामको उनले प्रशंसा गरे ।

कार्यक्रममा उत्कृष्ठ कार्यसम्पादन गर्ने नगरप्रहरीलाई बढुवा तथा सम्मान गरिएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved