रक्षामन्त्री सोलुखुम्बुमा, के-के गर्दैछन् गृहजिल्लामा ?

नेपालभ्युज

रक्षामन्त्री सोलुखुम्बुमा, के-के गर्दैछन् गृहजिल्लामा ?
गृहजिल्लामा रक्षामन्त्री मानवीर राई । तस्वीर : रक्षामन्त्रीको सचिवालय ।

सोलुखुम्बु । रक्षामन्त्री मानवीर राई गृहजिल्ला सोलुखुम्बु आएका छन् । मन्त्री राई शुक्रबार बिहान हेलिकोप्टरमार्फत गृहजिल्ला अवतरण भएका हुन् ।

मन्त्री राई तीनवटा कार्यसूची लिएर गृहजिल्ला आएका हुन् । उनी पुल अनुगमन, परिचयात्मक कार्यक्रम र जिल्ला कमिटीको बैठक सम्बोधनको कार्यसूची लिएर गृहजिल्ला आएका हुन् ।

सर्वप्रथम उनले यहाँ यसअघि अकस्मात् आएको बाढीले क्षति पुर्‍याएको खुम्बु पासाङल्हामु र माप्य दुधकोशी गाउँपालिका जोड्ने पुलको अनुगमन गर्नेछन् ।

सचिवालयका अनुसार यसपछि उनी  जिल्लाका कर्मचारीहरूसँगको परिचयात्मक कार्यक्रममा सरिक हुनेछन् । “यसपछि पार्टीको जिल्ला कमिटी बैठकलाई पनि सम्बोधन गर्नुहुनेछ,” सचिवालयले भन्यो ।

यस्तै मन्त्री राईले दुर्गा बक्स गण, सल्लेरीको निरीक्षणसमेत गर्नेछन् । यसपछि उनी आजै काठमाडौं फर्किनेछन् ।

राई मन्त्री भएपछि औपचारिक रूपमा गृहजिल्ला आएको यो पहिलो पटक हो । उनी यसअघि थामेमा अचानक आएको बाढीबाट प्रभावितहरूलाई भेट्न राहत सामग्रीसहित माथिल्लो क्षेत्र (खुम्बु) आएका थिए तर, औपचारिक जिल्ला सदरमुकाम आगमन भने यो पहिलो पटक हो ।

मन्त्री राईले पार्टी बैठकलाई सम्बोधन गर्दै पार्टीमार्फत आफूलाई जिताउने मतदातालाई धन्यवाद ज्ञापन गर्नेछन् । पछिल्लो संसदीय निर्वाचनमा पूर्वमन्त्री एवम् नेपाली कांग्रेसका नेता बलबहादुर केसीलाई पराजित गर्दै संसद् प्रवेश गरेका हुन् । उनी पहिलो संसद् यात्रामै रक्षामन्त्री बनेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved