अमेरिकामा मुना पाण्डेलाई गोली हानी हत्या गरेको आरोपमा एक जना पक्राउ

नेपालभ्युज

अमेरिकामा मुना पाण्डेलाई गोली हानी हत्या गरेको आरोपमा एक जना पक्राउ

काठमाडौं । अमेरिकामा नेपाली छात्रा मुना पाण्डेको हत्यामा संलग्न रहेको आरोपमा एक जना पक्राउ परेका छन् ।

ह्युस्टन प्रहरीले पक्राउ गरेका व्यक्तिको नाम भने नखुलाएको नेप्योर्कले जनाएको छ । प्रहरीले उक्त व्यक्तिलाई ट्राफिक जामको समयमा पक्राउ गरेको हो ।

यसअघि बुधबार प्रहरीले मुना मृत भेटिएको घरबाट गत शनिबार एक व्यक्ति बाहिरिँदै गरेको तस्वीर सार्वजनिक गरेको थियो ।

प्रहरीले सो व्यक्तिलाई कतै देखे खबर गर्न अपील गरेको थियो। बिहीबार ट्राफिक लाइटमा सवारी साधन रोकिँदा ती व्यक्तिलाई स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेको थियो । त्यसपछि प्रहरीले तत्काल पक्राउ गरेको नेप्योर्कले जनाएको छ ।

आरोपीमाथि अनुसन्धान भइरहेका कारण प्रहरीले थप विषय खुलाउन चाहेको छैन । सोधपुछपछि हत्याको कारण खुलेपछि आरोपीमाथि मुद्दा चलाउने तयारी गरिरहेको छ ।

ह्युस्टन प्रहरीले शनिबार पश्चिम ब्युलवार्ड एअरपोर्ट नजिक रहेको मुनाको घरबाट एक पुरुष बाहिरिँदै गरेको सीसीटीभी फुटेज सार्वजनिक गरेको थियो।

भोजपुर घर भएकी २१ वर्षीया पाण्डेको आफू बसेकै अपार्टमेन्टमा सोमबार साँझ गोली हानी भएको थियो ।

मुनाको छातीमा गोली लागेको अवस्थामा मृत भेटिएकी थिइन् । उनलाई धेरैवटा गोली हानिएको ह्युस्टन प्रहरीले विज्ञप्तिमार्फत् जानकारी दिएको छ ।

स्नातक अध्ययनका लागि सन् २०२१ मा अमेरिका गएकी पाण्डे ह्युस्टन कम्युनिटी कलेजमा नर्सिङ विषय पढ्थिन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved