खेलाडीको तलब १२ हजार बढाउँदा एन्फा महासचिवको तलब १ लाख ५० हजारले बढाइँदै

नेपालभ्युज

खेलाडीको तलब १२ हजार बढाउँदा एन्फा महासचिवको तलब १ लाख ५० हजारले बढाइँदै

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)को केन्द्रीय कार्यसमिति बैठकले महासचिव किरण राईको तलब २ हजार अमेरिकी डलर पुर्‍याउने प्रस्ताव परेको छ ।

मंगलबार राति बसेको कार्यसमिति बैठकमा एन्फाका अध्यक्ष पंकज नेम्वाङले महासचिवको तलब वृद्धि गर्ने प्रस्ताव गरेका हुन् ।

अहिले महासचिव राईको तलब १ लाख २० हजार रुपैयाँ छ । जसलाई बढाएर २ हजार अमेरिकी डलर अर्थात् करिब २ लाख ७० हजार पुर्‍याउने प्रस्ताव अध्यक्ष नेम्वाङले गरे । कार्यसमिति बैठकमा यसबारे फरक मत परेको थियो । यद्यपि, संस्थापन पक्षको बहुमत भएका कारण प्रस्ताव पारित हुने सम्भवाना छ ।

यस्तै, मासिक १८ हजार रुपैयाँ प्राप्त गरिरहेका राष्ट्रिय खेलाडीको तलब भने बढाएर ३० रुपैयाँ पुगेको छ । सर्वसम्मतले पारित भएको सो निर्णय अनुसार खेलाडीलाई वर्गीकरणका आधारमा तलब प्रदान गरिने छ ।

मंगलबार स्थगित भएको केन्द्रीय कार्यसमिति बैठक पुनः बिहीबार बस्नेछ ।

बैठकले नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक भिन्सेन्जो अल्बर्टो अनेसेको सम्झौता नवीकरण नगर्ने निर्णय गरेको छ । सन् २०२३ को मार्चमा राष्ट्रिय टोलीको प्रशिक्षकमा नियुक्त भए थिए । उनको प्रशिक्षणमा नेपालले १९ खेल खेलेको थियो । जसमा ५ जित, ४ बराबरी र १० हार रहेको छ । एन्फाले खुल्ला रुपमा राष्ट्रिय प्रशिक्षक नियुक्त गर्ने जनाएको छ ।

यस्तै, बैठकले दशरथ रंगशालालगायत अन्य फुटबल मैदानमा कृत्रिम घाँस राख्न पनि फिफालाई प्रस्ताव गर्ने भएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved