राखेपद्वारा भलिबल कभर्डहल निर्माणका लागि उपसमिति गठन

नेपालभ्युज

राखेपद्वारा भलिबल कभर्डहल निर्माणका लागि उपसमिति गठन

काठमाडौं। राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले भलिबल कभर्डहल निर्माणस्थल छनौट तथा तयारीका लागि तीन सदस्यीय उपसमिति गठन गरेको छ ।

अन्तर्राष्ट्रिय स्तरको प्रतियोगिता आयोजना गर्न सकिने सुविधा सम्पन्न कभर्डहलको निर्माणका लागि जग्गा प्राप्ति र आवश्यक तयारीका लागि भलिबल संघका अध्यक्ष जीतेन्द्रबहादुर चन्दको संयोजकत्वमा उपसमिति गठन गरिएको हो ।

राखेपका सदस्यसचिव स्तरीय निर्णयबाट गठन भएको उपसमितिले विभिन्न सरकारी निकाय तथा स्थानीय तहसँग समन्वय गरी उपयुक्त जग्गा छनौट गरी प्राप्तिका लागि प्रारम्भिक चरणको कार्य गर्नुपर्ने छ ।

यस्तै, जग्गा तय भएपछि विसं २०८१ असोजभित्र डीपीआरको लागि आधार तयार गर्ने उपसमितिलाई कार्यदेश दिइएको छ । उपसमितिले कार्यदेश अनुसारको काम सम्पन्न गरी ३० दिनभित्र परिषद्‌मा प्रतिवेदन पेश गर्नु पर्ने उल्लेख गरिएको छ ।

त्रिपुरेश्वरस्थित कभर्डहलमा अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना तथा अभ्यासका लागि पर्याप्त नभएकोले सुविधा सम्पन्न कभर्डहल निर्माण आवश्यक भएको राखेपले जनाएको छ ।

राष्ट्रिय खेल भलिबललाई थप व्यवस्थित बनाउँदै आकर्षण बढाउने उद्देश्यले सुविधा सम्पन्न हल निर्माणका लागि पहल थालिएको राखेपका सदस्य सचिव टंकलाल घिसिङले जनाएका छन् ।

उपसमितिमा अन्तर्राष्ट्रिय भलिबल रेफ्री गौतम प्रसाद लासिवा र राखेपका इन्जिनियर शिवचन्द्र यादव सदस्य छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved