प्रधानमन्त्री ओलीले उद्घाटन गरे भद्रकालीस्थित जिल्ला प्रहरी परिसर भवन

नेपालभ्युज

प्रधानमन्त्री ओलीले उद्घाटन गरे भद्रकालीस्थित जिल्ला प्रहरी परिसर भवन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जिल्ला प्रहरी परिसर काठमाडौंको नवनिर्मित भवनको उद्घाटन गरेका छन् । आज बिहान आयोजित कार्यक्रमका बीच उनले सो भवन उद्घाटन गरेका हुन् ।

विसं २०७२ को भूकम्पपछि हनुमानढोकाबाट विस्थापित प्रहरीले टेकुमा पालमा बसेर सेवा दिइरहेको थियो ।

लामो प्रयासपछि प्रहरीले भवन निर्माणका लागि भद्रकालीमा खाद्य संस्थानको १५ रोपनी जग्गा पाएको थियो । त्यसपछि यसमा अत्याधुनिक भवन निर्माण गरिएको हो ।

भवनमा सामाजिक अपराध, लागुऔषध प्रयोग र कारोबार गर्ने, जघन्य अपराध गर्नेलाई छुट्टाछुट्टै राख्न मिल्ने खालको हिरासत सहितको संरचना छ । यो भवनमा टेकुबाट काठमाडौं प्रहरी २६ असारमै सरेको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved