काठमाडौँ। कथा घेरा र वेज प्रालीको संयुक्त प्रस्तुति रहेको नाटक ‘काँचो धागो’ टेकु स्थित कौशी थिएटरमा मञ्चन भइरहेको छ। नाटकले मानव मनोविज्ञान, पहाडी क्षेत्रको पीडा र विस्थापनको समस्यालाई दृष्टिगत गर्दै एक अमूर्त जीवन कथालाई दर्शकसामु प्रस्तुत गर्न खोजेको छ। नाटकको कथा नेपाली ग्रामीण भेगमा देखिएका घटना, भावना, र मानवीय पीडाबाट प्रेरित छ।
मुक्तिको लेखन र आशान्त शर्माको परिकल्पना र निर्देशनमा बनेको नाटकमा मानव र प्रकृतिबिचको सम्बन्धलाई गहिरो रूपमा प्रस्तुत गर्न खोजिएको छ।
भदौ ६ गतेदेखि मञ्चन सुरु गरिएको नाटकमा कलाकारहरू आयुश्मा मगर, सागर दाहाल, निशान खत्री, रसिक राज, सम्राट भुजेल,पूर्णिमा आचार्य, निष्ठा त्रिपाठी, मिरा खड्का, कबिर काफ्का, मुक्ति र कृष राईले अभिनय गरेका छन्।
नाटक यही भाद्र २९ गतेसम्म मङ्गलवारबाहेक हरेक साँझ ५:१५ बजे र शनिवार दिउँसो १ बजे मञ्चन हुने छ।
तस्वीरहरु:-

Facebook Comment
Comment