विदेशी मुद्रा विनिमय दर, कुन देशको कति ?

नेपालभ्युज

विदेशी मुद्रा विनिमय दर, कुन देशको कति ?
फाइल तस्वीर

काठमाडौं । भदाै ९ गते आइतबारका लागि नेपाल राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर १३३.९३ रुपैयाँ र बिक्री दर १३४.५३ रुपैयाँ तोकेको छ । त्यस्तै युरोपियन युरो एकको खरिद दर १४८.८३ रुपैयाँ रहँदा बिक्री दर १४९.५० रुपैयाँ रहेको छ ।

बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १७५.७६ रुपैयाँ छ भने बिक्री दर १७६.५५ रुपैयाँ रहेको राष्ट्र बैंकले जनाएको छ । अस्ट्रेलियन डलर एकको खरिद दर ९०.१४ रुपैयाँ रहँदा बिक्री दर ९०.५५ रुपैयाँ रहेको छ ।

साउदी रियाल एकको खरिद दर ३५.६९ रुपैयाँ रहेको छ भने बिक्री दर ३५.८५ रुपैयाँ रहेको छ । मलेसियन रिंगिट एकको खरिद दर ३०.६१ रुपैयाँ रहेको छ भने बिक्री दर ३०.७५ रुपैयाँ रहेको बैंकले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved