हिमपहिरोले थुनिएको बोक्से खोलाको पानी बग्न थाल्यो

नेपालभ्युज

हिमपहिरोले थुनिएको बोक्से खोलाको पानी बग्न थाल्यो

काठमाडौं । मुस्ताङको थसाङ गाउँपालिका-२ कोबाङमा हिमपहिरोबाट थुनिएको खोला बग्न थालेको छ ।

बोक्से खोलामा हिउँका ढिक्कासहितको पानी बगिरहेको जिल्ला प्रशासन कार्यालय मुस्ताङले जनाएको छ ।

थसाङ–२ कोवाङमाथि धौलागिरी आइसफल नजिकै हिमपहिरो खसेको थियो । त्यहाँ मानवबस्ती छैन । खर्कहरू भने छन् ।

९ घरपरिवारलाई सुरक्षित स्थानमा सारिएको छ ।

विसं २०७८ कात्तिक २८ गते पनि कोबाङ क्षेत्रमै हिमपहिरो गएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved