सहकारी ठगी प्रकरण : सूर्यदर्शनका पुर्व सचिव अनुज नकर्मी कारागार चलान

नेपालभ्युज

सहकारी ठगी प्रकरण : सूर्यदर्शनका पुर्व सचिव अनुज नकर्मी कारागार चलान

काठमाडौं । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा प्रक्राउ परेका अनुज नकर्मी पुर्पक्षका लागि कारागार चलान भएका छन् ।

जिल्ला अदालत कास्कीका न्यायाधीश हरिप्रसाद कोइरालाको एकल इजलासले नकर्मीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको हो ।

संस्थाका पूर्व सचिवसमेत रहेका उनी भदौ २ गते दक्षिणकालीबाट पक्राउ परेका थिए ।

सो सहकारी ठगी प्रकरणमा पहिले १९ जनासहित अहिले पक्राउ पुर्जी जारी हुनेमा ४४ जना पुगेका छन् ।

हाल सहकारीका उपाध्यक्ष कैलाश दर्लामी, कोषाध्यक्ष कुमार रम्तेल, पूर्व सञ्चालक शिवबहादुर गुरुङ (महेन्द्र भोटे), पूर्व सञ्चालक प्रमोद भट्टराई, भविश्वर अर्याल थुनामा छन् ।

सूर्यदर्शन सहकारीको रकम हिनामिना गरेको आरोप लागेका पूर्वअध्यक्ष गितेन्द्रबाबु  (जीवी) राई हाल  फरार छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved