आल्मुनियम फोइलको प्रयोग : खाना प्याकिङ्गदेखि ओभन सफाइसम्म

नेपालभ्युज

आल्मुनियम फोइलको प्रयोग : खाना प्याकिङ्गदेखि ओभन सफाइसम्म

काठमाडौं । धेरैजसो मानिसहरूको घरमा खाना प्याक गर्नका लागि आल्मुनियम फोइलको प्रयोग गरिन्छ । रोटी–परौठादेखि लिएर स्यान्डविचसम्म सबै खानेकुरा आल्मुनियम फोइल पेपरमा बेरेर राखिन्छ ।

तपाईंलाई थाहा पाउँदा अचम्म लाग्न सक्छ कि आल्मुनियम फोइलको प्रयोग केवल खाना प्याकिङ्गमा मात्र होइन । अरू विभिन्न काममा यसको प्रयोग गर्न सकिन्छ ।

कैँचीमा धार लगाउन

यदि तपाईंको कैँचीको धार कम भएको छ भने तपाईं आल्मुनियम फोइलको मद्दतले पुरानो कैँचीको धारलाई तेज बनाउन सक्नुहुन्छ ।

सबैभन्दा पहिले आल्मुनियम फोइललाई धेरै पटक फोल्ड गर्नुहोस् र त्यसपछि यस फोल्ड गरिएको फोइललाई पुरानो कैँचीले काट्नुहोस् । यो प्रक्रिया केही पटक दोहोर्‍याउँदा तपाईंको कैँचीमा फेरि पहिले जस्तै धार आउनेछ ।

ओभन सफा गर्न

यदि तपाईंलाई पनि ओभन सफा गर्न गाह्रो हुन्छ भने आल्मुनियम फोइल तपाईंका लागि धेरै मद्दतगार साबित हुन सक्छ । ओभनलाई फोहोर हुनबाट बचाउनका लागि तपाईंले आल्मुनियम फोइललाई ओभनको तल्लो भागमा बिछ्याउनु पर्छ जसले गर्दा सबै फोहोर फोइलमा नै खस्छ ।

याद राख्नुहोस् कि तपाईंले फोइलले ओभनको पूरै तल्लो भागलाई कभर गर्नु हुँदैन । यस तरिकाले तपाईंको ओभन फोहोर हुने छैन र तपाईंलाई ओभन सफा गर्न धेरै मेहनत गर्नुपर्ने छैन ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved