मोदीलाई नेपाल भ्रमणको निम्तो

नेपालभ्युज

मोदीलाई नेपाल भ्रमणको निम्तो

काठमाडौं  । भारत भ्रमणमा रहेकी परराष्ट्रमन्त्री आरजु देउवा राणाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग शिष्टाचार भेटवार्ता गरेकी छन् ।

सोमबार नयाँदिल्लीमा भएको शिष्टाचार भेटवार्ताका क्रममा मन्त्री राणाले प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निम्तो दिएको नेपालस्थित भारतीय दूतावासले विज्ञप्तिमार्फत जानकारी दिएको छ ।

भेटमा परराष्ट्रमन्त्री देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीले पठाएको नेपाल भ्रमणको निम्तो मोदीलाई हस्तान्तरण गरेकी छन् । भेटका क्रममा आपसी हितका विविध पक्षमा नेपाल भारत सहकार्यलाई अझ सुदृढ बनाउने विषयमा कुराकानी समेत भएको दूतावासले बताएको छ  ।

भेटमा भारतीय विदेशमन्त्री एस जयंशकर, सुरक्षा सल्लाहकार अजित डोभल लगायत थिए भने नेपालको तर्फबाट दूतावासका अधिकारीहरु थिए ।

परराष्ट्रमन्त्री देउवाले सोमबार नै भारतीय समकक्षी एस जयशंकरसँग भेटवार्ता गरेकी थिइन् ।

दुई देशका विदेशमन्त्रीको भेटमा द्वीपक्षीय पहल र विकास आयोजनाहरुमा भएको प्रगतिको समीक्षा गर्नुका साथै थप सहयोग विस्तारबारे कुराकानी भएको बताइएको छ  ।

यसैबीच भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका परराष्ट्रमन्त्रीलाई स्वागत गर्न पाउँदा खुसी लागेको समाजिक संजाल एक्समार्फत बताएका छन् ।

‘भारत र नेपालबीच घनिष्ठ सभ्यताको सम्बन्धमा प्रगतिशील र बहुआयामिक साझेदारी छ’ मोदीले एक्समा लेखेका छन् ‘हाम्रो विकास साझेदारीमा निरन्तर गतिको लागि तत्पर छु।’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved