सिन्धुपाल्चोकको तिपेनीमा सुख्खा पहिरो, इन्द्रावती नदी थुनिएर एक्कासी बाढी आउनसक्ने

नेपालभ्युज

सिन्धुपाल्चोकको तिपेनीमा सुख्खा पहिरो, इन्द्रावती नदी थुनिएर एक्कासी बाढी आउनसक्ने

काठमाडौं । सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिका–७ स्थित तिपेनीमा सुख्खा पहिरो खसेको छ ।

पहिरोले पाँचपोखरी प्राथमिक अस्पताल उच्च जोखिममा रहेको छ । खोला थुनिएर तिपेनी बजार, हाइड्रोपावर, मेलम्ची बजारलगायत नदी तटीय क्षेत्र जोखिममा परेको छ ।

जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले इन्द्रावती नदी थुनिएर एक्कासी बाढी आउन सक्ने जोखिम भएको भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ ।

पाँचपोखरी थाङपालका वडा नं. ७, ८ तथा मेलम्ची नगरपालिकाका वडा नं. ७, ९, ११, १२, १३ र इन्द्रावती गाउँपालिकाका वडा नं. १०, ११ र १२ लगायतका तटिय क्षेत्रमा बसोबास गर्ने स्थानीयलाई उच्च सतर्कता अपनाउन भनिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved