एमाले फर्किन तम्तयार वामदेवलाई ओलीले दिएनन् ‘भाउ’ ! 

पहिल्यै पनि खासै भाउ नदिइरहेका ओलीले प्रधानमन्त्री बनेयता समयसमेत दिएका छैनन् । समय नपाएपछि वामदेवले राष्ट्रिय सभामै दुखेसो पोखाएका हुन् ।

नेपालभ्युज

एमाले फर्किन तम्तयार वामदेवलाई ओलीले दिएनन् ‘भाउ’ ! 

काठमाडौं । राष्ट्रियसभा सदस्य वामदेव गौतमले प्रधानमन्त्री एवम् नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफूलाई समय नदिएको गुनासो गरेका छन् ।

आइतबार राष्ट्रिय सभाको विशेष समयमा बोल्दै वामदेवले यस्तो गुनासो गरेका हुन् । देश र जनताका विषयमा कुरा गर्न आफूले प्रधानमन्त्री ओलीसँग समय मागेको तर, नपाएको गुनासो वामदेवको छ ।

नेपालको भौगोलिक बनावटका कारण प्राकृतिक प्रकोपका घटनाहरू धेरै हुने गरेको उल्लेख गर्दै उनले त्यसकै बारेमा सरकार प्रमुख (प्रधानमन्त्री) सँग भेटेर कुरा गर्ने सोचेको भएपनि त्यो नपाएको उनी उनले बताए ।

त्यसो त वामदेव प्रधानमन्त्री ओलीको पार्टी नेकपा (एमाले) फर्किन तम्तयार छन्, जुन उनको पूर्वपार्टी पनि हो । २०७८ भदौ १८ गते दोस्रोपटक एमाले छाडेका वामदेव अहिले नेकपा एकता महाअभियानका संयोजक छन् ।

२०७४ सालमा एमाले र माओवादी केन्द्र मिलेर बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) २०७७ पुस ७ गते फुट्यो । एमाले-माओवादीबीच पुन: एकता हुनुपर्ने माग गर्दै आएका उनले पछि नेकपा एकता महाअभियान नै घोषणा गरे ।

एकता महाअभियान अहिले राजनीतिक रूपमा पूरै निष्क्रिय छ । उनी भने पुन: एमाले फर्किन तम्तयार छन् । उनले अध्यक्ष ओलीलाई ‘कहिले बोलाउनुहुन्छ, आइहाल्छु…’ भनेर भन्ने गरेका छन् ।

पहिल्यै पनि खासै भाउ नदिइरहेका ओलीले प्रधानमन्त्री बनेयता समयसमेत दिएका छैनन् । समय नपाएपछि वामदेवले राष्ट्रिय सभामै दुखेसो पोखाएका हुन् ।

यसअघि ओली सरिक एउटा सार्वजनिक कार्यक्रममै वामदेवले आफू अझै तन्दुरुस्तै रहेको जिकिर गर्दै जिम्मेवारी दिएर पार्टीमा फर्काउन माग गरेका थिए ।

सम्बन्धित समाचार

ओलीको अगाडि वामदेवको आत्मालोचना- मबाट कमजोरी भयो, पार्टीमा फर्काउनुस्  


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved