निर्माणाधिन चर्च पहिरोले भत्काउँदा एकजनाको मृत्यु

नेपालभ्युज

निर्माणाधिन चर्च पहिरोले भत्काउँदा एकजनाको मृत्यु
सांकेतिक तस्वीर।

काठमाण्डौं । रोल्पाको लिवाङमा चर्चका लागि निर्माणाधिन घर भत्किँदा एक महिलाको मृत्यु भएको छ । एकजना घाइते छन् ।

रोल्पा नगरपालिका–२ मूलपानीमा रहेको बेथेल मण्डली आइतबार बिहान पहिरोले भत्किँदा रोल्पा नगरपालिका–१० धाङसीकी ७० वर्षीया धनजिता बुढा मगरको ज्यान गएको प्रहरीले जनाएको छ ।

चर्चमा बस्दै आएकी १८ वर्षकी नौभा घर्तीमगर घाइते भएकी छन् । उनको जिल्ला अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved