काठमाडौँ । इन्जिनियरहरुको छाता संगठन नेपाल इञ्जिनियर्स एसोसिएसनको निर्वाचन भाद्र २८ गते हुने भएको छ । उक्त निर्वाचनका लागि नेपाली कांग्रेस निकट सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स नेपाल (सिडेन)ले उम्मेदवार टुंगो लगाएको छ।
३४ औं कार्यकारिणी समिति र तेस्रो प्रादेशिक कार्यकारिणी समितिका लागि लोकतान्त्रिक समूहले इञ्जिनियर सुवास चन्द्र बरालको नेतृत्वमा प्यानल घोषणा गरेको छ । प्रकाश केसी उपाध्यक्ष र विनोद प्रकाश पण्डित महासचिव रहने बताइएको छ ।
यस्तै उपमहासचिव अनिल मानन्धर, कोषाध्यक्ष सुमन थापा र सह कोषाध्यक्ष कृष्णप्रसाद पोखरेल छन् । सदस्यहरूमा यमकृष्ण पौडेल, प्रभुराम पोखरेल, एमेन्द्र गुरुङ,अनिल पौडेल, संजय कुमार साह, नेत्र प्रसाद देवकोटा, भैरव धिताल, सुजन श्रेष्ठ, लोकेन्द्र अधिकारी,विक्रम कुमार दास, प्रियंका गुप्ता र जयकिसुन राय रहेको केसीले जानकारी दिए ।
यसअघि इन्जिनियरिङ एसोसिएसनको निर्वाचनमा लोकतान्त्रिक समूहको प्यानल नै विजयी भएको थियो ।
Facebook Comment
Comment