‘प्रभाकरले पार्टी फुटाउँदैछ भन्ने कुरा असत्य स्थापित गरियो’

अध्यक्ष कमरेडबाटै खण्ड हुनुपर्छ : शर्मा

त्यसअघि सम्बोधन गरेका शर्माले आफूमाथि पार्टी फुटाउन लागेको आरोपबारे प्रचण्डले नै खण्डन गर्नुपर्ने बताएका थिए ।

नेपालभ्युज

‘प्रभाकरले पार्टी फुटाउँदैछ भन्ने कुरा असत्य स्थापित गरियो’
फाइल तस्वीर

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उपमहासचिव जनार्दन शर्माले पार्टी फुटाउन लागेको हल्ला सकिएको बताएका छन् ।

शनिबार पार्टीको काठमाडौं–रुकुम पश्चिम सम्पर्क समितिको दोस्रो सम्मेलनमा बोल्दै प्रचण्डले पार्टी फुट हुन लागेको भ्रम चिरिएको बताएका हुन् ।

उनले भने, ‘माओवादीलाई फुटाउन प्रतिक्रियावादीहरू त लागिरहन्छन् । कहिँ न कहिँ आशंकाको तुवाँलो थियो । स्थायी समितिको बैठकको समापनसम्म आउँदा गर्वको साथ भन्नसक्छु, त्यो तुँवालो हटेको छ । पार्टी फुटको भ्रमलाई चिरिएको छ ।’

उनले उपमहासचिव शर्माले पनि यस विषयमा भनिराख्न जरुरी नभएको बताए ।

‘प्रभाकरले पार्टी फुटाउँदैछ भन्ने कुरा असत्य स्थापित गरिएको छ, यो हामी सबैको लागि खुसीको कुरा हो, अब प्रभाकरले पनि मलाई यसो भनियो र त्यसो भनियो भनेर बढी भन्न जरुरी छैन । जुन कुरा टुंगिसकेको छ, त्यसलाई टुंगिएकै कुराको रुपमा बुझ्नु र त्यसलाई त्यसरी नै सम्प्रेषित गर्नु उचित हुन्छ ।’ प्रचण्डले भने ।

त्यसअघि सम्बोधन गरेका शर्माले आफूमाथि पार्टी फुटाउन लागेको आरोपबारे प्रचण्डले नै खण्डन गर्नुपर्ने बताएका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved