गठ्ठाघर प्रदर्शन : प्रहरी उपरीक्षक विष्टसहित ३ जना घाइते

नेपालभ्युज

गठ्ठाघर  प्रदर्शन : प्रहरी उपरीक्षक विष्टसहित ३ जना घाइते

काठमाडौं । काठमाडौंबाट भक्तपुर जाँदै गरेको ट्रकले ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएपछि सुरु भएको प्रदर्शनमा प्रहरी उपरीक्षक (एसपी) वेद विष्टसहित ३ जना घाइते भएका छन् ।

घाइते हुनेमा भक्तपुरका एसपी विष्ट सहित प्रहरी सहायक हवलदार बहादुरे राउत र मध्यपुर थिमी नगरपालिका–३ बस्ने सौगात सापकोटा रहेको प्रहरीले बताएको छ ।

जिल्ला प्रहरी परिसर भक्तपुरका अनुसार तनावलाई नियन्त्रणमा लिन  भक्तपुरका एसपी विष्टको कमान्डमा ११८ जना, काठमाडौँबाट १३० जनाको थप मद्दत र सशस्त्र प्रहरीका १२० जना सुरक्षाकर्मी घटनास्थलमा खटिएको छ ।

प्रहरीले २२ राउन्ड अश्रुग्याँस प्रहार गरेको बताइएको छ । यस्तै प्रदर्शनकारीको आक्रमणबाट प्रहरी बिटमा क्षति पुगेको बताइएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved