बेचन झाले मानेनन् पोलिग्राफ गराउन, अदालतमा आज बयान गराइँदै

नेपालभ्युज

बेचन झाले मानेनन् पोलिग्राफ गराउन, अदालतमा आज बयान गराइँदै

काठमाडौं । भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका बेचन झाले आफ्नो पोलिग्राफ परीक्षण गर्न मानेका छैनन् ।

अनुसन्धानको क्रममा उनको बयान शंकास्पद लागेपछि जिल्ला प्रहरी परिसर काठमाडौंका अधिकृतहरूले पोलिग्राफ गर्न खोजे पनि उनले नमानेका हुन् ।

प्रहरी प्रधान कार्यालयको पोलिग्राफ शाखामा कार्यरत प्रहरी वरिष्ठ नायव निरीक्षक अन्जु कँडेलले बेचनले ‘पोलिग्राफ परीक्षण गर्न नमानेको’ भन्ने ब्यहोराको प्रतिवेदन काठमाडौं प्रहरीलाई दिएकी छन् ।

दुई करोडको चेक लिनको लागी भेट्दा उनले रामशरण केसीसँग मोबाइलमा कुरा गरेको अडिओ भेटिएको छ ।

त्यसबारे स्वर परीक्षण गर्न चाहिँ उनी सहमत भएका छन् । बेचनले लिएको २ करोडको चेकको फोटोकपी अनुसन्धान अधिकृतहरूले मिसिलमा संलग्न गरेका छन् ।

भुटानी शरणार्थी प्रकरणको पूरक अभियोग जिल्ला अदालत काठमाडौंमा दर्ता गरिएको छ ।

जिल्ला सरकारी वकिल कार्यालयले बेचन झाविरुद्ध अभियोग पत्र दायर गरेको छ । दोस्रो चरणको अनुसन्धान घेरामा आएका थप प्रतिवादी पक्राउ परेका छैनन् ।

सरकारी वकिलले बेचनलाई ठगी, लिखत किर्ते, राज्य विरुद्ध र सङ्गठित अपराध सम्बन्धी कसुरमा मुद्दा दर्ता गरेको छ । बेचनलाई आज बयान गराइँदै छ ।

काठमाडौँ जिल्ला अदालतका न्यायाधीश तीर्थराज केसीको इजलासमा उनको बयान गराइँदैछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved