बेचन झाविरुद्ध चारवटा कसुरमा मुद्दा दर्ता, बयानमा भने-‘आँखामा समस्या छ, आरजुलाई चिन्दिन !’

कांग्रेस नेतृ आरजु राणालगायतका नेतालाई नचिनेको भावमा उनले भनेका छन्, ‘शरणार्थी सम्बन्धमा मलाई जानकारी छैन । म कुनै राजनैतिक पार्टीमा आबद्ध व्यक्ति होइन । अडिओमा भएको संवाद मेरो होइन ।’

नेपालभ्युज

बेचन झाविरुद्ध चारवटा कसुरमा मुद्दा दर्ता, बयानमा भने-‘आँखामा समस्या छ, आरजुलाई चिन्दिन !’

काठमाडौं । १५ असारमा पक्राउ परेका नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपी बेचन झाविरुद्ध जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ ।

जिल्ला सरकारकी वकिल कार्यालय काठमाडौले झाविरुद्ध ठगी, लिखत किर्ते, राज्यविरुद्ध र सङ्गठित अपराध सम्बन्धी कसुरमा जिल्ला अदालत काठमाडौँमा मुद्दा दायर गरेको हो ।

बयानमा उनले भारतको पनि नागरिक रहेको स्विकारेका छन् । जिल्ला प्रहरी परिसर, काठमाडौंले गरेको अनुसन्धानका क्रममा झासँग भारतको बिहार राज्यस्थित मधुवनीबाट समेत आधार कार्ड बनाएको फेला परेको थियो । उनको नेपालमा भने जिल्ला प्रशासन कार्यालय, पर्साबाट लिएको नागरिकता थियो ।

यसमा उनले आफ्नो रहेको स्विकारेका छन्, उनले भनेका छन्, ‘ कालो रङको पर्समा भारत सरकार लेखिएको आधार कार्ड थान १, आयकर विभाग भारत सरकार लेखिएको कार्ड थान १ समेत मलाई देखाउँदा देखि पाएँ, उक्त पर्स र कार्डहरू मेरो हो, हेरी चिनी सनाखत समेत गरी दिएँ ।’

नेपालको पनि नागरिक रहेका उनले दोहोरो नागरिकता लिनु भारतीय कानुनअनुसार पनि दण्डनीय छ । अनुसन्धानमा संलग्न अधिकारीका अनुसार उनको जन्म भारतमै भएको थियो । लामो समयदेखि नेपालमा रहेर व्यवसाय गर्दै आए । तर उनले नेपालमा जालझेलपूर्ण रूपमा जन्मको आधारमा नागरिकता बनाएका हुनसम्ने आकलन छ ।

बेचन झा: दुई देशको नागरिक, तीन देशको ‘अपराधी’! आरजुदेखि अमेरिकासम्मको यस्तो छ कनेक्सन

बेचन झाले भूषण राणा र आरजु राणा देउवालाई गृह मन्त्रालयमार्फत नक्कली शरणार्थीको नाम अघि बढाउन सहजीकरण गरिदिन भनेका अनुसन्धान अधिकृतहरूको जिकर छ ।

त्यसक्रममा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवामार्फत गृहमन्त्री बालकृष्ण खाँणलाई शरणार्थी समस्याबारे झाको मागहरूबारे हेरिदिन सन्देश दिइएको बताइएको छ ।

पछि मन्त्रालयमा रहेको प्रतिवेदन नै गायब पारेर नक्कली नाम राखिएको अनुसन्धानबाट खुलेको थियो । तर, झाले भने आफू कुनै राजनीतिक दलसँग आबद्ध रहनेको बताएका जिकिर गरेका छन् ।

बेचन झाको बयान

बयानको सुरुमै आफ्नो स्वास्थ्य ठिक नरहेको बयान दिएका उनले आँखा कमजोर रहेको बताएका छन् । कांग्रेस नेतृ आरजु राणालगायतका नेतालाई नचिनेको भावमा उनले भनेका छन्, ‘शरणार्थी सम्बन्धमा मलाई जानकारी छैन । म कुनै राजनैतिक पार्टीमा आबद्ध व्यक्ति होइन । अडिओमा भएको संवाद मेरो होइन ।’

भुटानी शरणार्थी प्रकरणमा बादलका छोरा प्रतिक थापा पक्राउ


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved