मधेसका मुख्यमन्त्री सिंहले ८ राज्यमन्त्री हटाए

नेपालभ्युज

मधेसका मुख्यमन्त्री सिंहले ८ राज्यमन्त्री हटाए
फाइल फोटो

जनकपुरधाम । मधेस प्रदेश सरकारले ८ जना राज्यमन्त्रीलाई हटाउने निर्णय गरेको छ । मुख्यमन्त्री सतिशकुमार सिंहले ८ राज्यमन्त्रीलाई हटाउने निर्णय गरेको मन्त्रिपरिषद्को कार्यालयले जानकारी दिएको छ ।

मुख्यमन्त्री कार्यालयका अनुसार हालै नियुक्त भएका ८ राज्यमन्त्रीलाई बर्खास्त गर्न प्रदेश प्रमुखलाई मंगलबार पत्र पठाइसकिएको छ । केन्द्रको सत्तारुढ दलहरूको सहमतिअनुसार सबै राज्यमन्त्री हटाउने निर्णय भएको हो ।

जम्बो मन्त्रिमण्डल बनाएको भन्दै आलोचना भएपछि सहमति अनुसार राज्यमन्त्री हटाउने निर्णय गरिएको मुख्यमन्त्री सिंहले जानकारी दिए ।

प्रदेश सरकारले गत मंगलबार रेखा ठाकुर, निलम कुमारी रजक, रामबाबु यादव, शम्भु साह र मोहम्मद जैद आलमलाई राज्यमन्त्रीमा नियुक्त गरेको थियो भने त्यसअघि केशव राय, शारदा देवी थापा र रञ्जुकुमारी मण्डल खङ्ग राज्यमन्त्री थिए ।

प्रदेश कार्यालयका टिकाराम उप्रेतीले ८ वटै राज्यमन्त्रीलाई पदमुक्त गर्न मुख्यमन्त्री कार्यालयबाट पत्र प्राप्त भएको पुष्टि गरे । मधेसमा मन्त्रिपरिषद २० सदस्यीय भएको थियो । अब १२ मा झरेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved