अंश विवादमा खुकुरी हानेर श्रीमतीको हत्या

नेपालभ्युज

अंश विवादमा खुकुरी हानेर श्रीमतीको हत्या

काठमाडौं । अंश विवाद बढेपछि मोरङको सुन्दरहरैँचामा एक पुरुषले आफ्नै श्रीमतीको खुकुरी प्रहार गरेर हत्या गरेका छन् ।

प्रहरीका अनुसार सुन्दरहरैँचा नगरपालिका–१० बाघझोडाकी ४१ वर्षीया पवित्रा फुयाँलको श्रीमान लक्ष्मण नेपालले हत्या गरेका हुन् ।

सामान्य विवादमा लक्ष्मणले आइतबार बिहान ११ बजेतिर श्रीमतीमाथि खुकुरी प्रहार गरेको प्रहरीले जनाएको छ ।

खुकुरी प्रहारबाट गम्भीर घाइते महिलाको नोबेल शिक्षण अस्पतालमा आइतबार दिउँसो मृत्यु भएको थियो । श्रीमान् ५८ वर्षीय लक्ष्मणलाई प्रहरीले पक्राउ गरेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved