ललितपुरमा गुडिरहेको मोटरसाईकलमाथि पहिरो खस्यो

नेपालभ्युज

ललितपुरमा गुडिरहेको मोटरसाईकलमाथि पहिरो खस्यो
फाइल फोटो

काठमाडौं । ललितपुरको बागमती गाउँपालिका–३  भट्टेडाँडामा गुडिरहेको मोटरसाइकलमाथि पहिरो खसेको छ ।

मंगलबार बिहानदेखीको अविरल वर्षाका कारण  पहिरो खस्दा ना.५४ प १६५५ नम्बरको मोटरसाइकलमा सवार दुई जना घाइते भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी परिसर ललितपुरका अनुसार मोटरसाइकल  चालक सलमान अन्सारीको ग्वार्कोस्थित बिएण्डबी अस्पतालमा उपचार भइरहेको छ ।

पछाडि सवार  मुर्तुजना अन्सारीको खुट्टामा चोट लागेको बताइएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved