मर्दी हिमालको आधार शिविरमा भेटिएको मानव अवशेष स्विडेनका नागरिकको भएको पुष्टि

नेपालभ्युज

मर्दी हिमालको आधार शिविरमा भेटिएको मानव अवशेष स्विडेनका नागरिकको भएको पुष्टि

काठमाडौं । कास्कीको मर्दी हिमालको आधार शिविरमा भेटिएको मानव अवशेष स्विडेनका पर्यटकको रहेको पुष्टि भएको छ ।

गत शुक्रबार भेटिएको अवशेष गएको पुस १४ गतेदेखि सम्पर्कविहीन भएका स्विडेनका नागरिक माइकल लिउको भएको पुष्टि भएको हो ।

गएको पुस १४ गते मर्दी हाइ क्याम्पबाट शनिवार बिहान ४ बजेतिर बेस क्याम्प हिडेका २२ वर्षीय लिउ बेलुका होटेल नफर्किएपछि उनको खोजी सुरु भएको थियो ।

कास्कीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक मोहनकुमार थापाले अवशेष लिउकै भएको पुष्टि भएको बताए ।

“स्विडेनमा रहेको उहाँको परिवारले भेटिएका कपडाको ब्रान्ड, मोबाइल आदिबाट लिउकै भएको पुष्टि गरेको ,” थापाले भने, “आज प्रहरी टोली त्यसतर्फ प्रस्थान गरिसकेको छ ।” बेसक्याम्पको लाम डाँडामा हाड, आइफोन र केही कपडा फेला परेका छन् ।

टाउजर र आइफोनका आधारमा स्विडिस नागरिकको भएको पुष्टि भएको  थापाले जानकारी दिए ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved