अस्ताए शास्त्रीय सङ्गीतका गुरु कामत

नेपालभ्युज

अस्ताए शास्त्रीय सङ्गीतका गुरु कामत

काठमाडौं । शास्त्रीय सङ्गीतका गुरु गुरुदेव कामतको निधन भएको छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा ख्याति कमाएका कामतको बिहीबार बिहान निधन भएको हो ।

उनको आज बिहान ६ बजे आफ्नै जन्मथलो सिरहाको लक्षम्पुर पतारी गाउँपालिका २ पोखरभिण्डामा निधन भएको पारिवारिक श्रोतले जनाएको छ ।

उनी लामो समयदेखि मिर्गौला रोगबाट पीडित थिए । काठमाडौं बस्दै आएका उनी आर्थिक समस्याका कारण त्यहाँ उपचार गराउन नसकेपछि एक महिनाअघि मात्र गाउँ फर्किएका थिए ।

उनले नेपाली शास्त्रीय सङ्गीतमा विगत ४० वर्षयता योगदान गरिरहेका थिए । कामतको नाम शास्त्रीय सङ्गीतमा निकै श्रद्धाका साथ लिइने गरिन्छ ।

२०१२ साउन १७ गते सिरहाको पोखरभिण्डामा जन्मिएका कामतको ६९ वर्षको उमेरमा निधन भएको हो ।

उनलाई वरिष्ठ सङ्गीतकार तथा मन्त्रीहरूले श्रद्धाञ्जली व्यक्त गरिरहेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved