वर्षाले नेपालगञ्ज जलमग्न

नेपालभ्युज

वर्षाले नेपालगञ्ज जलमग्न
फाइल तश्वीर

नेपालगञ्ज । नेपालगञ्जमा बुधबार भएको वर्षाले यहाँका विभिन्न स्थान जलमग्न भएका छन् ।

उपमहानगरपालिकाको घरबारी टोल, सदरलाइन, भेरी अस्पताल लाइन, न्युरोड, सेतु विक चोक, रामलीला मैदानलगायत क्षेत्रमा पानीको निकास नहुँदा जलमग्न भएको जिल्ला प्रहरी कार्यालय, बाँकेले जनाएको छ । ती स्थान जलमग्न हुँदा पैदलयात्रीलाई आवतजावत गर्न कठिनाइ हुनुका साथै सवारीसाधनलाई समेत आवतजावत गर्न कठिनाइ भएको प्रहरीको भनाइ छ ।

जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रहरी नायब उपरीक्षक नारायण डाँगीले नरैनापुर गाउँपालिका–६ को दोन्द्रा खोलामा फसेका तीन जनालाई उद्धार गरिएको जानकारी दिए ।

“खोल तर्न खोज्दा उहाँहरू त्यही फसेपछि हामीले उद्धार गरेका हौँ”, उनले भने । प्रहरी नायब उपरीक्षक डाँगीले फसेका तीन जनामध्ये दुई जनालाई सामान्य चोट लागेको उल्लेख गर्दै स्थानीय मेडिकलमा उपचार भइरहेको बताए । स्थानीय ५० वर्षीय कूलबहादुर थारु, पर्शुराम मौर्य र पर्शुराम यादवलाई प्रहरीले उद्धार गरेको हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved