तीन प्रदेश प्रमुख हटाइए, नयाँ नियुक्त

नेपालभ्युज

तीन प्रदेश प्रमुख हटाइए, नयाँ नियुक्त

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले तीन प्रदेशमा नयाँ प्रदेश प्रमुख नियुक्त गरेका छन्।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकको सिफारिसअनुसार संविधानको धारा १६३ को उपधारा (२) बमोजिम प्रदेश प्रमुख नियुक्त गरेको शीतल निवासले जनाएको छ।

जसअनुसार बागमतीमा दीपकप्रसाद देवकोटा, लुम्बिनीमा कृष्णबहादुर घर्तीमगर र कर्णालीमा यज्ञराज जोशी नियुक्त भएका छन्।

त्यसअघि राष्ट्रपतिले बागमतीका प्रदेश प्रमुख यादवचन्द्र शर्मा, लुम्बिनीका अमिक शेरचन र कर्णालीका तिलक परियारलाई पदमुक्त गरेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved