असालान्का श्रीलंकाको नयाँ एकदिवसीय कप्तान

नेपालभ्युज

असालान्का श्रीलंकाको नयाँ एकदिवसीय कप्तान

काठमाडौं । चरिथ असालान्का (Charith Asalanka) लाई श्रीलंकाको एकदिवसीय कप्तान नियुक्त गरिएको छ ।

भारतविरुद्धको एकदिवसीय सिरिज अगाडि कुसल मेन्डिसको स्थानमा आसालन्कालाई श्रीलंकाको कप्तान नियुक्त गरिएको हो ।

टी–२० सिरिजमा मेन्डिसले श्रीलंकाको कप्तानी गरेका थिए । सन् २०२३ डिसेम्बरमा मेन्डिसलाई एकदिवसीय टोलीको कप्तानमा नियुक्त गरिएको थियो । मेन्डिसले गत वर्षको एकदिवसीय विश्वकपमा श्रीलंकाका कप्तानी गरेका थिए ।

उनको कप्तानीमा श्रीलंकाले आठ एकदिवसीयमध्ये ६ वटा जिते पनि असालान्कालाई कप्तानी जिम्मेवारी दिइएको हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved