स्कुल बस दुर्घटना अपडेट : आमाछोराको मृत्यु, अन्यको उपचार हुँदै

नेपालभ्युज

स्कुल बस दुर्घटना अपडेट : आमाछोराको मृत्यु, अन्यको उपचार हुँदै

काठमाडौं । पोखरामा सोमबार बिहान भएको स्कुल बस दुर्घटनामा आमा छोराको मृत्यु भएको छ ।

३३ वर्षिया आमा आरती विक र पढ्न गएका ६ वर्षिय छोरा प्रिन्सको मृत्यु भएको हो ।

आरती सोही विद्यालयमा कार्यालय सहयोगीका रुपमा कार्यरत थिइन् ।

विद्यार्थी बोकेर एलपी देवकोटा विद्यालय जाँदै गरेको स्कुल बस थुन्कु भन्ने ठाउँमा दुर्घटनामा परेको थियो ।

दुर्घटनामा चालक, सहचालकसहित २४ जना घाइते भएका थिए । दुर्घटनामा घाइते भएका विद्यार्थीको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved