नवलपरासीमा एक युवाको घाँटी रेटेर हत्या

नेपालभ्युज

काठमाडौं । नवलपरासीको बर्दघाट सुस्ता पश्चिममा एक युवाको घाँटी  रेटेर हत्या गरिएको छ ।

पाल्हिनन्दन गाउँपालिकाको हर्दीमा २० वर्षिय रोशनकुमार बढइको आइतबार राति हत्या भएको हो ।

घरमा सुतिरहेका बढइको हत्या बारे परिवारले बिहान मात्र थाहा पाएपछि प्रहरीलाई खबर गरेका थिए ।

उनको हत्यामा संलग्न र कारण खुलेको छैन ।

घटना बारे प्रहरीले अनुसन्धान सुरु गरेको प्रहरी उपरीक्षक ज्ञानेन्द्रप्रसाद फुँयालले बताए । बढइको शव पोस्टमार्टमका लागि पृथ्वीचन्द्र अस्पताल पठाइएको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved