स्कुल बस दुर्घटना हुँदा पोखरामा एक जनाको मृत्यु, अन्य दर्जनौँ घाईते

नेपालभ्युज

स्कुल बस दुर्घटना हुँदा पोखरामा एक जनाको मृत्यु, अन्य  दर्जनौँ घाईते

काठमाडौं । विद्यार्थी बोकेर स्कुल जाँदै गरेको बस सोमबार बिहान दुर्घटना हुँदा पोखरामा एक महिलाको मृत्यु भएको छ ।

उनी सोही बसको कर्मचारी भएको बताइएको छ । दुर्घटनामा विद्यालयकी कार्यालय सहयोगी ३३ वर्षीय आरती विकको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ ।

बसमा २२ विद्यार्थीसहित २४ जना सवार थिए । दर्जन बढी विद्यार्थी घाइते भएको वडा प्रहरी कार्यालय बैदमका प्रहरी नायब उपरीक्षक सुन्दर श्रेष्ठले बताए ।

घरबाट विद्यार्थी लिएर स्कुल जादैँ गरेको एलपी देवकोटा मेमेरियलको बस पोखराको फुस्रे खोला नजिक दुर्घटनामा परेको हो । ग१क ६३१९ नम्बरको बस सडकबाट झन्डै ६० मिटर तल खसेको छ ।

घाइते विद्यार्थीको पोखराका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved