स्कुल जान्छु भनेर निस्किएकी किशोरी दिनभर घुमफिरमा, रात परेपछि होटलमा बस्दा बलात्कार !

नेपालभ्युज

स्कुल जान्छु भनेर निस्किएकी किशोरी दिनभर घुमफिरमा, रात परेपछि होटलमा बस्दा बलात्कार !
सांकेतिक स्केच

काठमाडौं । ललितपुरको लुभूस्थित एक स्कुलमा कक्षा ९ मा अध्ययन गर्दै एक किशोरी बलात्कृत भएकी छिन् । स्कुल जान भनेर सँगै पढ्ने साथीसँग हिँडेकी उनी कोटेश्वरको गेस्ट हाउसमा बलात्कृत भएकी हुन् ।

गत असार ५ गते उनीहरू बिहान सवा ८ बजेतिर स्कुल जान भन्दै घरबाट हिँडेका थिए । तर, स्कुल नगई राइड शेयरिङ एप पठाओ बुक गरेर घुम्न गए । एक स्कुटर र एक बाइक चालक आइपुगे ।

सो स्कुटी र बाइकमा उनीहरू काठमाडौं भृकृटिमण्डपस्थित फनपार्क पुगे ।

दिनभर घुमेर गाडीमा उनीहरू कोटेश्वर फर्किए । ढिला भइसकेकाले घर नजाने निधो गरे । कोटेश्वरमा रहेको साइँली नामक गेस्ट हाउसमा बसे ।

सीमित पैसा लिएर घरबाट निस्किएका उनीहरूसँग खाना खाने पैसा थिएन । भोलीपल्ट बिहान ६ गते उठेर ७ बजेतिर दुई किशोरी आफू बसेको होटलसँगै रहेको अर्को गेष्टहाउसमा काम खोज्न गए ।

डिबिका नामको गेष्टहाउसमा पुगेका उनीहरूले त्यहाँ आइसकेका ग्राहक इलाम माईमझुवाका ४० वर्षिय अम्बर बहादर तिवारीलाई भेटे । आफूहरूसँग खानको लागि समेत पैसा नभएको दुखेसो किशोरीहरूले सुनाए ।

होटलका साहु आएपछि उमेर सानो भएको भन्दै काममा नराख्ने बताए । तर, आफूहरूसँग पैसा नभएको र जे जस्तो काम गर्न पनि तयार रहेको सुनाए ।

उनीहरूको कमजोरीको फाइदा उठाउँदै अम्बरबहादर तिवारीले आफू बसेको कोठामा लगे । अम्बरबहादर तिवारीले किशोरीहरूलाई खाना खुवाएर एक किशोरीलाई बाहिर पठाएको र अर्काेलाई बलात्कार गरेको भन्दै उजुरी परेको छ ।

पीडित किशोरीले आफूलाई ‘ढोकामा चुकुल लगाई बाहिर आउन नदिई मेरो हात समेत बाँधी दिई मैले नमान्दा नमान्दैमा जबरजस्ती करणी गरेको’ भन्दै वानेश्वर वृत्तमा जाहेरी दिएकी छिन् । जाहेरीपछि अम्बरबहादर तिवारी पक्राउ परेका छन् ।

कोठा बाहिरबाटै चुकुल लगाई भित्रै थुनेर राखेको र ट्वाईलेट जान्छु भनेर भागेर उजुरी दिएको किशोरीले जनाएकी छिन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved