चार दिनदेखि कालीगण्डकी करिडोर बन्द

नेपालभ्युज

चार दिनदेखि कालीगण्डकी करिडोर बन्द

गलकोट । राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको कालीगण्डकी करिडोरको बागलुङ खण्ड चार दिनदेखि ठप्प छ । बागलुङ नगरपालिका–१० दब्ल्याङमा पहिरोले सडकको ट्रयाक नै बगाउँदा चार दिनदेखि करिडोर ठप्प रहेको छ ।

पटकपटक अवरुद्ध सडक दुई साता पछि सञ्चालनमा आएको थियो । सञ्चालनमा आएको एक हप्तापछि साउन ८ गते बिहानैबाट सडक अवरुद्ध भएको छ । सडकको ट्रयाक नै बगाएपछि सडक खुल्न नसकेको हो ।

वर्षा रोकिए पनि कालीगण्डकी करिडोर आयोजनाले सडक खुलाउन नसकेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक विजय यादवले जानकारी दिए ।

करिडोर सडक बागलुङ–१० स्थित दब्ल्याङमा सडकको ट्रयाक नै बगेकाले सडक खुल्ल समय लाग्ने भएको छ ।

उक्त पहिरोले बलेवा, कुश्मिसेरा र बरेङ सडकसमेत चार दिनदेखि अवरुद्ध बनाएको छ । पहिरोले बागलुङको दक्षिण भेग सडक सञ्जालबाट विच्छेद भएपछि यात्रुहरु पैदल हिँडेर आउ जाउँ गर्न बाध्य भएका छन् । रासस


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved