मधेसको लोक सेवा आयोगको अध्यक्षमा यादव नियुक्त हुँदै

नेपालभ्युज

मधेसको लोक सेवा आयोगको अध्यक्षमा यादव नियुक्त हुँदै

काठमाडौं । मधेस प्रदेश लोक सेवा आयोगको अध्यक्षमा शिवराम यादवलाई नियुक्त गरिने भएको छ ।

मुख्यमन्त्री सतिशकुमार सिंहले यादवलाई मधेस लोक सेवा आयोगको अध्यक्षमा नियुक्त गर्न प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीसमक्ष सिफारिस गरेका छन् ।

प्रदेश प्रमुख भण्डारीले शुक्रबार यादवलाई आयोगको अध्यक्षमा नियुक्त गर्ने तयारी छ । उनको शपथग्रहणको तयारी गरिसकेकोे प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।

५७ वर्षीय यादव सिरहाको सिरहा नगरपालिका वडा नम्बर १३ गमहरिया निवासी हुन् । उनले सिंघानिया युनिभर्सिटी भारतबाट पीएचडी गरेका छन् । उनी सडक विभाग हेबी इक्विपमेन्ट डिभिजन भवन काठमाडौंमा कार्यरत थिए ।

उनमा संघीय लोक सेवा आयोगको रोस्टर विज्ञको रुपमा काम गरेको अनुभव पनि छ ।

गत फागुनमा उमेर हदको कारण मधेस प्रदेश लोक सेवा आयोगका तत्कालीन अध्यक्ष सुरेन्द्र प्रसाद यादव पदमुक्त भएपछि सो पद रिक्त थियो ।

तीन सदस्य पदाधिकारी हुने प्रदेश लोकसेवा आयोगमा अन्य एक सदस्य पद अझै रिक्त छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved