विश्वका उत्कृष्ट स्थानको सूचीमा पर्‍यो नेपालको बर्दिया राष्ट्रिय निकुञ्ज

नेपालभ्युज

विश्वका उत्कृष्ट स्थानको सूचीमा पर्‍यो नेपालको बर्दिया राष्ट्रिय निकुञ्ज

काठमाडौं । अमेरिकी म्यागजिन टाइमले विश्वका उत्कृष्ट  स्थानहरुको सूची सार्वजनिक गरेको छ।

बिहीबार  टाइमले ‘वर्ल्ड्स ग्रेटेस्ट प्लेसेस २०२४’ को सूची सार्वजनिक गर्दै उत्कृष्ट सय स्थानहरुको सूचीमा नेपालको बर्दिया राष्ट्रिय निकुञ्जलाई पनि राखेको हो ।  निकुञ्जको ‘बुरहान वाइल्डरनेस क्याम्प’ लाई टाइमले सूचीको  १६ औं नम्बरमा राखेको छ ।

बुरान वाइल्डरनेस क्याम्प बर्दियाको खाता वन्यजन्तु कोरिडोरको एक महत्वपूर्ण भागमा अवस्थित छ। जहाँ एकसिङे गैँडा, बङ्गाल टाइगर, एसियाली जंगली हात्ती, र ब्ल्याक आइबिस, रुड्डी शेल्डक, नाइटजार, फिशिङ ओल जस्ता धेरै चराहरू सहित केही प्रमुख वन्यजन्तु प्रजातिहरू पाइन्छन् ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved