विमान दुर्घटनामा ज्यान गुमाउने प्रति निगमको श्रद्धाञ्जली

नेपालभ्युज

विमान दुर्घटनामा ज्यान गुमाउने प्रति निगमको श्रद्धाञ्जली

काठमाडौं ।  नेपाल वायुसेवा निगमले बुधबार काठमाडौं-पोखरा उडानका क्रममा दुर्घटना भएको सौर्य एयरलाइन्समा परी मृतक हुने १८ जनाप्रति श्रद्धान्जली प्रकट गरेको छ । निगमले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै मृतकप्रति श्रद्धान्जली र मृतकको आफन्तप्रति समवेदना प्रकट गरेको हो ।

विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल धावनमार्गबाट उडान भर्ने बित्तिकै दुर्घटनाग्रस्त हुँदा जहाजमा सवारमध्ये १८ जनाको मृत्यु र एक जना घाइते भएका थिए । निगमले घाइते भएका चालक दलका सदस्यको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।

बुधबार विहान काठमाडौंबाट पोखरा उडानको क्रममा सौर्य एयरलाइन्सको नाईन एए–एएमइ कलसाइन रहेको चालकदलसहित १९ जना सवार विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग-२ बाट टेकअफ गर्ने बित्तिकै दाँयातर्फ दुर्घटनामा परेको थियो ।  घाइते पाइटलको उपचार भइरहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved